नेपाल सरकार
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
परियोजना कार्यान्वयन इकाई
धान सुपरजोन, कपिलवस्तु
Breaking News :
Welcome to Super Zone Kapilvastu

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि पूर्वाधारको व्यवस्था मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना सहित आ.ब. २०७३/०७४ देखि कपिलवस्तु जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ब्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (धान जोन) विकास कार्यक्रम वाणगंगा, बुद्धभुमी, र कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा संचालन भइरहेको थियो ।आ.ब. २०७५/०७६ देखि धान जोनबाट सुपर जोनमा स्तरोन्नति भै कार्यक्षेत्र समेत विस्तार भएको छ । हाल यसको कार्यक्षेत्र बाणगंगा नगरपालिका १ देखि ११ वडाहरु, बुद्धभुमी नगरपालिकाका १,२,३ र ४ वडा, कपिलवस्तु नगरपालिकाका ७,८,९,१० र ११ वडाहरु, शुद्धोधन गाँउपालिकाका १ देखि ६ वडाहरु र मायादेवी गाँउपालिकाका १ देखि ८ वडाहरु रहेका छन् । यस कार्यक्रमबाट धान बालीको उत्पादन र उत्पादत्व बृद्धि हुने, यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणका पूर्वाधारहरु विकास भै धानबालीमा आधुनिकीकरण भै बढ्दो धान तथा चामल आयातमा कमी आउने अपेक्षा गरिएको छ ।

सहसराम चौधरी (कुर्मी)
बरिष्ठ कृषि अधिकृत
९८५७०५२३४७
pmamp.piu.kapilvastu@gmail.com
पशुपति सि‌ह
कृषि अधिकृत
९८५७०५४३४७
pmamp.piu.kapilvastu@gmail.com